२०८३, १८ कार्तिक बुधबार

एमालेविरुद्धका भ्रम चिर्न तथ्य र प्रमाणसहित मैदानमा उत्रिनुपर्छ : विद्या भण्डारी

एमालेविरुद्धका भ्रम चिर्न तथ्य र प्रमाणसहित मैदानमा उत्रिनुपर्छ : विद्या भण्डारी


काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीविरुद्ध फैलाइने भ्रम, गलत सूचना र अफवाहको प्रतिवाद तथ्य, प्रमाण र पार्टीका वास्तविक उपलब्धिमार्फत गर्नुपर्ने बताएकी छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले एमालेको राजनीतिक यात्रा, वैचारिक आधार र राष्ट्रिय योगदानबारे वस्तुनिष्ठ सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइन्। उनले एमाले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढिरहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा पार्टीले पुर्‍याएको योगदानको सही मूल्याङ्कन हुनुपर्ने बताइन्। ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ। पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ,’ उनले भनिन्।

भण्डारीले राजनीतिक संगठनको प्रभावकारिता सही सूचना, वैचारिक स्पष्टता र जनतासँगको सम्बन्धबाट स्थापित हुने उल्लेख गर्दै पार्टीका गतिविधि र उपलब्धिबारे समाजमा सही जानकारी पुर्‍याउनुपर्ने सन्देश दिइन्। उनले प्रवासी नेपाली मञ्चलाई विदेशमा रहेका नेपालीहरूको विविध समस्या र आवश्यकतालाई संगठनको प्राथमिकतामा राख्न आग्रह गरिन्। वैदेशिक रोजगारीमा रहेका श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा आबद्ध नेपालीका फरक–फरक समस्या र सरोकारलाई सम्बोधन गर्ने गरी संगठनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

संगठनमा महिला र युवाको सहभागिता मात्र नभई नेतृत्व विकासका लागि समेत पर्याप्त अवसर र अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले विशेष जोड दिइन्। त्यसैगरी, प्रवासी नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने उनले बताइन्। स्वदेशी निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग स्थापना, रोजगारी सिर्जना र नयाँ प्रविधिको हस्तान्तरणलाई प्रोत्साहित गर्नुपर्ने उनको धारणा थियो।

नेपालमा लगानी आकर्षित गर्न सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने पनि उनले बताइन्। भण्डारीको सम्बोधनमा पार्टीको वैचारिक पहिचान र उपलब्धिको तथ्यपरक प्रचार, प्रवासी नेपालीको संगठनात्मक एकता, महिला तथा युवा नेतृत्व विकास र प्रवासी पुँजीलाई राष्ट्रिय उत्पादनसँग जोड्ने विषयले प्राथमिकता पाएको थियो।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  १२ : ४० बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा