काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटका क्रममा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा पारस्परिक सहयोगका विविध विषयमा विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले आगामी दिनमा नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका क्षेत्र विस्तार र सहयोगलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।







प्रतिक्रिया