काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन्।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित विशेष समारोहबीच भण्डारीले महाधिवेशनको उद्घाटन गरेकी हुन्। विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनमा संगठनको आगामी कार्यदिशा, सांगठनिक सुदृढीकरण, प्रवासी नेपालीका हकहित तथा नेपालको आर्थिक र सामाजिक विकासमा प्रवासी समुदायको योगदानका विषयमा छलफल भइरहेको छ। महाधिवेशनले विदेशमा रहेका नेपालीहरूको साझा सरोकारलाई संस्थागत रूपमा उठाउँदै संगठनको भावी नीति, कार्यक्रम र नेतृत्वसमेत तय गर्नेछ।
काठमाडौंमा आयोजित प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनका उद्घाटन समारोहका दृश्यहरू।



















प्रतिक्रिया