काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ पर्वले आज बिहान काठमाडौंको गौरीघाटमा विशेष रौनक पायो। सूर्यदेवलाई सम्पूर्ण शक्तिको स्रोत मानेर मनाइने यो पर्वका अवसरमा गौरीघाटमा करिब ७०० भन्दा बढी छठ पूजास्थल निर्माण गरिएका थिए, जहाँ करिब पाँच लाखभन्दा बढी भक्तजनले पूजा आराधना गरेका थिए। धार्मिक परम्पराअनुसार, उदाउँदो सूर्यलाई गाईको दूध, फूल र…