वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु आदेशलाई दिउँसो १ बजेसम्म लम्ब्याइएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र…