बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार टोलीलाई तिब्बतमा फेरि अर्को विपद्को जोखिम देखिएपछि पछि हटाइएको छ। पहिरोबाट थुप्रिएको माटो, ढुंगा र गेग्रानले नदी थुनिएर बनेको अस्थायी तालमा पानीको सतह बढ्दै गएपछि उद्धार क्षेत्रमा पुनः बाढी आउन सक्ने खतरा बढेको हो। जोखिम बढेसँगै चीनले घटनास्थलमा जारी उद्धार अभियान अस्थायी रूपमा रोकेको जनाएको…