२०८३, ३ भाद्र बिहीबार

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण अवस्था सिर्जना भएको छ। उपाध्यक्ष गुणवतीदेवी थारुले लेखा शाखामा लगाएको ताला खोल्न माग गर्दै अध्यक्ष नमोनारायण माझी पक्षधरहरू कार्यालय पुगेपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रदर्शनमा सहभागीहरूले आफू अध्यक्षका समर्थक नभई ग्रामथानका स्थानीय बासिन्दा भएको दाबी गरेका छन्। उनीहरू पालिकाको कामकाज अवरुद्ध भएको भन्दै तत्काल ताला खोल्नुपर्ने मागसहित प्लेकार्ड लिएर कार्यालय पुगेका थिए।

लेखा शाखाको ढोकाअगाडि उपाध्यक्ष थारुसहित नेकपा एमालेका जनप्रतिनिधिहरू बसेर ताला खोल्न अस्वीकार गर्दै धर्नामा बसेका थिए। यसैबीच, ताला खोल्न माग गर्दै पुगेका समूहले लेखा शाखामा लगाइएको ताला फोडेका छन्। उनीहरूले पालिकाको नियमित कामकाज सञ्चालन गर्न बाध्य भएर ताला फोडिएको दाबी गरेका छन्।

घटनाका क्रममा अध्यक्ष र उपाध्यक्ष पक्षधरबीच हात हालाहालको अवस्था पनि सिर्जना भएको थियो। तर सुरक्षामा खटिएको प्रहरीले तत्काल हस्तक्षेप गरी दुवै पक्षलाई नियन्त्रणमा लिँदै ठूलो झडप हुनबाट रोकेको छ।

ग्रामथान गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको आन्तरिक विवादका कारण पछिल्ला दिनहरूमा पालिकाको कामकाज प्रभावित हुँदै आएको छ। स्थानीय प्रशासन र प्रहरीको उपस्थितिमा अहिले अवस्था सामान्य बनाइएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  १ : ५४ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती