२०८३, ११ श्रावण मंगलबार

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो


वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु आदेशलाई दिउँसो १ बजेसम्म लम्ब्याइएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी कर्फ्यु जारी गरिएको जानकारी दिए।

प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा निस्किनु परे नजिकको सुरक्षाकर्मीको समन्वयमा वा १०० नम्बरमा फोन गरी अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरिएको छ।

कर्फ्युका क्रममा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकटका आधारमा यात्रा गर्ने हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। प्रदर्शन चर्किँदै गएपछि शहरको अवस्था अशान्त बन्दै गएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  १० : ०२ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि