२०८३, २७ भाद्र आईतबार

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका–१७ घर भई शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने दुई युवाले कुटपिटसँगै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय…