काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको आन्दोलनमा बिपी कोइरालाको असाधारण योगदान रहेको बताउनुभएको छ । आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राजनीति र साहित्यको क्षेत्रमा आफ्ना पदचिह्न छाड्न बिपी सफल हुनुभएको बताउनुभयो । ‘नेपाली राजनीति, नेपाली परिवर्तनको आन्दोलन, नेपाली साहित्य आकाश, यी सबैमा आफ्ना…