२०८३, ११ श्रावण मंगलबार

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

मनसुन अझै दुई हप्ता सक्रिय रहने अनुमान


काठमाडौं । सोमबारबाट सुरु हुने दशैंको बेला देशभर हिले दसैं हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल देशभर मनसुन कमजोर भए पनि फूलपातीपछि पुनः सक्रिय हुने संकेत देखिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार, घटस्थापनादेखि फूलपातीसम्म देशको अधिकांश भागमा मनसुन खासै सक्रिय नहुने देखिएको छ। यसबीच घाम देखिने सम्भावना पनि रहेको छ। यद्यपि, बेलुका र रातको समयमा कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको उनले बताए।

“अर्को हप्ताबाट मौसम फेरि सक्रिय हुँदैछ,” पोखरेलले भने, “यसका आधारमा हेर्दा दसैंको मुख्य दिनहरूमा वर्षाको सम्भावना धेरै छ।” उनका अनुसार, यसपटक दसैंमा देशका धेरै स्थानमा हिले दसैं पर्नेछ।

मौसमविद्हरूले यसपटक मनसुन अघिल्लो वर्षभन्दा ढिला गरी बाहिरिने प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबर मा मनसुन बाहिरिएको थियो। यद्यपि, यो वर्ष मनसुन समयमै भित्रिए पनि (जेठ १५ अगावै) बाहिरिन अझै कम्तीमा दुई हप्ता लाग्ने अनुमान गरिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी र मधेस क्षेत्रमा मौसम खुलेको देखिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर भएकाले केही दिन घाम लाग्ने अवस्था रहे पनि दसैंको मुख्य दिनहरूमा फेरि पानी पर्ने सम्भावना मौसम पूर्वानुमान मोडलहरूले देखाएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ७ : १६ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा