२०८३, १३ कार्तिक शुक्रबार

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला


काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनहरूका लागि आज (सोमबार)देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वका अवसरमा यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्थालाई सहज बनाउन नेपाल सरकारको सहकार्यमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब सवारी साधनहरूले पूर्वनिर्धारित रुटबिना पनि गन्तव्यस्थानसम्म जान पाउने छन्। यसले दशैं, तिहार, छठ जस्ता चाडपर्वमा घर फर्किने यात्रुहरूलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ। तर, विशेष प्रकृतिका सडकहरूमा पहिले नै रोक लगाइएका आकार वा प्रकारका सवारी साधनहरूका लागि भने प्रतिबन्ध कायमै रहनेछ । रुट परमिट खुला व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहने जनाइएको छ। यात्रुहरूको व्यवस्थापन गर्न र अस्थायीत्वबाट बच्नका लागि सवारी साधनहरूमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने व्यवस्था लागू गरिएको महासङ्घले स्पष्ट पारेको छ।

यता, चाडपर्वमा सडकमा चाप बढ्ने भएकाले खाद्यान्न तथा अत्यावश्यक सामग्री बाहेकका ठूला ट्रेलर तथा मालवाहक सवारी साधनहरूलाई नारायणघाटदेखि काठमाडौंसम्म पूर्णिमासम्म सञ्चालनमा रोक लगाइएको छ। यसअघि सरकारले नै सो निर्णय गरेको हो। यस निर्णयबाट चाडपर्वमा लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई राहत पुग्ने तथा सवारी चाप व्यवस्थापनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : १० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित