२०८३, २७ भाद्र आईतबार

काठमाडौंको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला

काठमाडौंको गेस्ट हाउसमा २२ वर्षीया युवती मृत फेला


काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा २२ वर्षीया एक युवती मृत अवस्थामा फेला परेकी छन्। काठमाडौं महानगरपालिका–२८ स्थित न्युरोड क्षेत्रको न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा कास्की, पोखरा घर भएकी सनिसरा राना शनिबार राति मृत भेटिएकी हुन्।

गेस्ट हाउसको कर्मचारीले युवती लामो समयसम्म कोठाबाट बाहिर नआएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

महानगरीय प्रहरी वृत्त जनपथका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार मृत्युको कारण खुल्न बाँकी छ भने शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

युवती कसको साथमा गेस्ट हाउसमा आएकी थिइन्, उनले कोठा कसरी बुक गरिन् भन्नेबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट केही सामग्रीहरू पनि बरामद गरिएको बताइएको छ।

प्रहरीले गेस्ट हाउस सञ्चालक र स्टाफहरूबाट बयान लिएको छ भने सीसीटीभी फुटेज संकलनको प्रक्रिया पनि अगाडि बढाइएको छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  १ : ४७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।