२०८३, ३ भाद्र बिहीबार

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र निर्माणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक थिए।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार अब कँडेल मुद्दाको अन्तिम फैसलासम्म जेलमै रहनेछन्।

रुपन्देही प्रहरीले साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्ती निवासी २५ वर्षीय अभिषेक यादवलाई विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो। यादवको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र बरामद गरिएको थियो।

यादवको प्रारम्भिक बयानका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले कँडेललाई पक्राउ गरेको थियो। उनीमाथि प्रमाण संकलनपछि मुद्दा दायर गरिएको थियो।

कँडेल पक्राउ परेपछि रास्वपाले उनलाई तत्काल पार्टीबाट निलम्बन गरेको थियो। भदौ ५ गते उनी साधारण सदस्यतासमेत नरहने गरी निलम्बनमा परेका थिए।

जिल्ला अदालतमा केही दिनअघि आदेश भए पनि अदालत भवनमा भएको जेनजी आन्दोलनको क्रममा विभिन्न अभिलेख जलेका कारण उक्त जानकारी सार्वजनिक हुन ढिलाइ भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ९ : ०१ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय