आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा डण्ड गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौमा भएको छैठौ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा गजुर्धन राई, उपाध्यक्षमा लक्की चौधरी र महिला उपाध्यक्ष देविका गर्तीमगर निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा मनोज गर्तीमगर, सचिवमा कमल देवान, मिलन लिब्बु र जगत दोङ…