२०८३, ३१ जेष्ठ सोमबार

बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते

बेगनास तालमा मेसिन पल्टियो, दुई घाइते


लेखनाथ, ६ असोज: बेगनास तालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जाना घाइते भएका छन् । बेगनास तालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन् ।

आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट र डुङ्गा व्यावसायिक समितिका अध्यक्ष सोमराज कँडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ । मेसिनमा भार बढी भएकाले दुर्घटना भएको हुनसक्ने उद्धारकर्मी एवं स्थानीय कर्णबहादुर दुराले बताउनुभयो ।

पोखराको फेवातालमा जलकुम्भी सफा गर्न प्रयोग गरिँदै आएको मेसिन बेगनास तालमा जलकुम्भी फाल्न प्रयोग गर्न ल्याइएको हो । दुर्घटनामा पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापा, वडा सदस्य विष्णुबहादुर भुजेल, वडा नं ३१ का इञ्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुङ्गा व्यावसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यावसायिक समितिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भी फाल्ने मेसिनमा रहे पनि उनीहरुको सकुसल उद्धार गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ५८ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क