२०८३, ३० असार बुधबार

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा

काठमाडौँ, २१ असोज : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन । भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको आज उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक…