रसुवा, १८ असोज: नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ । पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर बाहिनीका बाहिनीपति निर्मलकुमार थापाले उद्घाटन गर्नुभयो । हेलिप्याड बनाउन यहाँका पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशूली एक जलविद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका…