बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बा.प्र.०३००१ ज ०३३८ नम्बरको जीप क्युडीबाट धुलाचौरतर्फ जाँदै गर्दा कच्ची र साँघुरो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि घटनास्थलमै…