काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ । यही माघ ११ गते हुने निर्वाचनका लागि आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो । ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष…