२०८३, १४ कार्तिक शनिबार

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको आरोपसँग जोडिएको अडिओ काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले उक्त अडिओलाई चरित्र हत्या गर्ने नियोजित प्रयास भएको बताउँदै, यदि अडिओमा आफूले बोलेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको घोषणा गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले “स्वार्थ समूहहरूले मेरो र मेरो परिवारको नाम जोडेर षड्यन्त्र गरिरहेका छन्” भन्ने आरोप लगाए। उनले भने, “मेरो आवाज हो भन्ने प्रमाणसहित अडिओ आयो भने, म कानुनी रूपमा जुनसुकै सजाय स्वीकार गर्न तयार छु।”

अधिकारीले अडिओमा उल्लेख भएका व्यक्ति र संवादहरू आफूसँग र मन्त्रालयसँग पूर्ण रूपमा असम्बन्ध रहेको दाबी गरे। “मन्त्री भएर मात्रै होइन, मेरो छोरालाई समेत यो प्रकरणमा जोडियो, जबकि उसले ती व्यक्तिसँग भेट नै गरेको छैन,” मन्त्री अधिकारीले भने। उनले सरूवा प्रक्रियालाई नियमित र प्राविधिक प्रक्रिया भएको उल्लेख गर्दै यसमा मन्त्रीको प्रत्यक्ष संलग्नता नहुने जिकिर गरे। “छानबिन हुन्छ भने म पूर्ण रूपमा सहयोग गर्न तयार छु,” उनको भनाइ थियो। मन्त्री अधिकारीले सञ्चारकर्मीहरूलाई अफवाह र अपुष्ट विवरणमा आधारित समाचार नगर्न आग्रह गर्दै भने, “मेरो बारेमा समाचार लेख्दा सोधपुछ गरेर मात्र लेख्नुस्। तथ्य नपुगी लेखिएको सामग्रीले व्यक्तिको इज्जत र जीवन दुवैमा असर गर्छ।”

प्रकाशित मिति : २०८२, १ श्रावण बिहीबार  ४ : ४९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा