काठमाडौँ, ८ भदौ : नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो । गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै थुनामुक्त गर्नका लागि गृह मन्त्रालय र नेपाल प्रहरीलाई विपक्षी बनाइएको छ…