२०८३, १६ आश्विन शनिबार

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको


काठमाडौं, कात्तिक ८ : सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, ‘संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिनेछ ।’

प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ । ‘अब लट नम्बर १०० नै भएर आउँछ, ३ अंकको लट नम्बर अब निरन्तर अघि बढ्छ,’ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : ४४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार