२०८३, ७ कार्तिक शनिबार

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको


काठमाडौं, कात्तिक ८ : सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, ‘संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिनेछ ।’

प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ । ‘अब लट नम्बर १०० नै भएर आउँछ, ३ अंकको लट नम्बर अब निरन्तर अघि बढ्छ,’ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना