२०८२, ३१ जेष्ठ शनिबार

काभ्रेको बनेपामा रिक्सा चलाउने बखतबहदुर बेपत्ता, खोजी गरिदिन श्रीमतिको अनुरोध

काभ्रेको बनेपामा रिक्सा चलाउने बखतबहदुर बेपत्ता, खोजी गरिदिन श्रीमतिको अनुरोध


बनेपा ८ कात्तिक  :  काभ्रेको बनेपा बजारमा रिक्सा चलाउँदै आएका रिक्सा चालक बेपत्ता भएका छन् । सिन्धुली जिल्ला साविकको पुराना झाँगाझोली गाविस वडा नं ८ घर भई बनेपा नगरपालिका वडा नं ९ शाही टोल बस्ने वर्ष ४२ को बखतबहादुर तामाङ कार्तिक २ बाट बेपत्ता भएको परिवार स्रोतले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका इन्पेक्टर निरन्जन भट्टराईका अनुसार बेपत्ता तामाङको खोजी कार्य जारी रहेको बताएका छन् । बेपत्ता तामाङका श्रीमति शान्त कुमारी तामाङले पतिको खोजी गर्न अनुरोध समेत गरेकी हुन् ।

बनेपामा विगत १५ बर्षदेखि रिक्सा चलाउदै आएका तामाङ यस पटक दशैंमा घर गएका थिएनन् । उनका श्रीमति शान्त एक छारो र दुई छोरी भने दशैंमा घर गएका थिए ।

कात्तिक ५ गते छोरीहरु बनेपाको कोठामा आएका थिए । तर कोठामा बुबालाई देखेनन् ।  कार्तिक २ गते राति १२ बजेसम्म कोठामै रहेको बेपत्ता तामाङसँगै सुतेका अर्का रिक्सा चालक शर्मा गोलेको भनाईलाई उदृत गर्दै श्रीमति तामाङले बताइन । तामाङ फेला परेमा आफ्नो मोवाइल नम्बर ९८२३८०२७०९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ८ : ३८ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।