२०८३, १६ आश्विन शनिबार

अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ

अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ


काठमाडौं, कात्तिक ८ : एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।

धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।

उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउँदै व्यवसायीले थाहा नपाउने गरी मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी फर्किएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ । ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : १० बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार