२०८२, ५ फाल्गुन मंगलबार

महिला पत्रकारका लागि प्रविधि तालिम तथा तीज शुभकामना कार्यक्रम सम्पन्न

तानसेन । प्रेस चौतारी नेपाल, पाल्पाको आयोजनामा सञ्चार क्षेत्रमा सक्रिय महिला पत्रकारहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । “पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग” विषयक प्रशिक्षणमा डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता र प्रविधिको व्यावसायिक उपयोग जस्ता महत्वपूर्ण विषयमा गहिरो जानकारी प्रदान गरिएको थियो । प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व…