काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नागरिकलाई झन्झट र दुःख दिने कार्य अब सह्य नहुने स्पष्ट पारेका छन् । उनले सामान्य कामका लागि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा तत्काल सुधार आवश्यक रहेको बताए। बदलिँदो प्रविधि र जनअपेक्षा अनुसार निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले औँल्याए ।…