काठमाडौं । आज देशभर भगवान् श्रीकृष्णको स्मरण र आराधनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता, महाभारतका उपदेशक र गीताका दिव्य वाणीदाताका रूपमा श्रीकृष्णलाई सम्झिन्छ । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जेलभित्र जन्मिएका उनी अन्याय, अधर्म र अज्ञान नाशका प्रतीक मानिन्छन् । श्रीकृष्णलाई संरक्षण, सत्य र धर्मको पक्षधर, समाजलाई न्यायको बाटो देखाउने…