२०८३, ११ श्रावण मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा


काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या सङ्क्रान्तिका दिन पर्दै आएको यो पर्वलाई वास्तु दिवसका रूपमा पनि मनाइन्छ। यस दिनलाई यन्त्र, औजार, प्रविधि र निर्माण कार्यमा संलग्न श्रमिक तथा पेशेवरहरूको सम्मान र आस्थाको पर्वका रूपमा लिइन्छ।

नेपालसहित भारत र अन्य हिन्दू समुदायहरूमा हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा भगवानको पूजा गर्ने परम्परा छ। निर्माण कार्यका देवता मानिने विश्वकर्मालाई आधुनिक यन्त्र र औजारको जनकका रूपमा पनि पुजिन्छ। देशभरका कलकारखाना, वर्कसप, ग्यारेज, सवारी साधन, इञ्जिन, कम्प्युटर, मेसिनरी उपकरण, औजारहरूमा विशेष पूजाआजा गरिँदैछ। धार्मिक विश्वास अनुसार, आजका दिन यस्ता यन्त्रहरूमा विधिपूर्वक पूजा गर्दा ती लामो समयसम्म टिक्ने, नबिग्रिने, र सफल काम गर्ने विश्वास गरिन्छ।

धार्मिक शास्त्रअनुसार द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एक रातमै ‘भेद द्वारका’ निर्माण गरेर उनलाई लुकाएका थिए। त्यस युगदेखिनै विश्वकर्मा वास्तुकला र निर्माणका देवता भनेर पूजा गरिँदै आएको मानिन्छ। आजकै दिन वास्तुशास्त्रका लेखक, अनुसन्धानकर्ता र विद्यार्थीहरूले वास्तु दिवसका रूपमा कार्यक्रम आयोजना गरी वास्तुकला, सृजनात्मक निर्माण र प्रविधिको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने परम्परा छ। विभिन्न इञ्जिनियरिङ संस्थाहरूले पनि आजका दिन विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन्।

राजधानी काठमाडौंसहित देशभरका औद्योगिक क्षेत्र, निजी वर्कसप, सवारी सेवा केन्द्र, ग्यारेज, निर्माण कम्पनीहरूमा बिहानैदेखि पूजाआजा गर्ने क्रम जारी छ। विशेषगरी, कालीगढ, मेकानिक, इञ्जिनियर, सवारी चालक र निर्माण मजदुरहरू आजको दिनलाई आफ्नो “पेशागत आस्था र श्रद्धा” को दिनका रूपमा मनाउँछन्।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ७ : ३६ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा