२०८३, १९ आश्विन मंगलबार

आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं । देशभर मनसुन सक्रिय रहेकोले विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ भने अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको छ।

वर्तमानमा देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको जानकारी दिइएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, आज राति पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ।

विभागले विशेषगरी बागमती, मधेस, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। वर्षा संगै पहिरो, बाढी, डुबान लगायतका सम्भावित प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न विभागले सुझाव दिएको छ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ७ : ३६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि