काठमाडौं । देशभर मनसुन सक्रिय रहेकोले विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ भने अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा परेको छ। वर्तमानमा देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ…