२०८३, १४ असार सोमबार

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज


काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ । नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन र उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न यस्तो सफ्वेयर विकास गरिएको हो ।

‘मबिल’ सम्पूर्ण रेष्टुराँ प्वाइन्ट अफ सेल र बिलिङ सफ्टवेयर ‘थ्री जेनजी ग्रुप अफ स्टार्टअप’ ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको सफ्टवेयरले आतिथ्य व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्ति ल्याउने अपेक्षा गरेको छ । प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित सफ्टवेयर स्थापित  रेष्टुरेन्टदेखि नयाँ उद्यमीहरूसम्म सबैका लागि प्रविधिलाई अझ सजिलो र किफायती बनाउने बताइएको छ ।

‘मबिल’ केवल बिलिङ सफ्टवेयर मात्र होइन, यो एक सम्पूर्ण रेष्टुरेन्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली रेष्टुराँहरूले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । ‘मबिल’ ले छिटो, सजिलो र भरपर्दो बिलिङ प्रक्रिया उपलब्ध गराउँछ । यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यस्त समयमा पनि कामलाई सहज बनाउँछ । ‘मबिल’ मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज र वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ, जसले सेवा छिटो र सही बनाउँछ ।

यस्तो प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराई,  भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ । यसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्रयाक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ ।

‘मबिल’ को स्टक व्यवस्थापन प्रणालीले सामग्री सजिलै ट्रयाक गर्छ र स्टक कम हुँदा वास्तविक–समय सूचना दिन्छ । यसले निर्णय क्षमता बढाउँछ र आपूर्ति–मागमा सन्तुलन कायम राख्छ । यसले मूल्य, दैनिक विशेष मेनु वा उपलब्धता तुरुन्तै परिवर्तन गर्न सजिलो बनाउँछ, जसका लागि मेनु पुनः छपाइ गर्नुपर्ने आवश्यक नपर्ने निर्माण कम्पनीको दाबी छ । ‘मबिल’ नेपाल टेक मार्केटको उत्पादन हो । नेपाल टेक मार्केटले विहीबार मात्र म–बिल सार्वजनिक गरेको हो । नेपाल टेक मार्केटका आईसीटीविज्ञ चिरञ्जीवी अधिकारीले यो सफ्टवेयर उपयोगी भएको दाबी गर्छन् ।

सीटीओ मंगल कृष्ण प्रधान सहितको विकास टोलीले ‘नवीनतम प्रविधि’ को उपयोग गर्दै ‘प्रयोगकर्ता मैत्री अनुभव’ सिर्जना गरेको हो । यो परियोजना नेपालमा जेन–जेड पुस्ताले गरेको व्यवसायिक आन्दोलनको उदाहरणका रुपमा लिइएको छ । जसले ‘स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच’ भन्ने दर्शनलाई आत्मसात गरेको छ ।

यसले बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन मद्दत गर्नेछ ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ३ : ५३ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण