२०८३, ११ श्रावण मंगलबार

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या


सिरहा । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव घर नजिकैको आँप बगैंचामा भेटिएको हो । घटनास्थललाई प्रहरी टोलीले घेराबन्दी गरी अनुसन्धान सुरु गरेको र थप विवरणका लागि डग टोली समेत परिचालन गर्ने तयारी भएको छ। अभिषेक आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए। परिवारले रातभर खोज्दा फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलमार्फत आमालाई अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : २८ बजे

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश

सिरहामा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम ।   सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा