२०८२, ५ मंसिर शुक्रबार

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटनामा परेको हो। ट्याक्टर मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको…