२०८३, ११ कार्तिक बुधबार

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

देशभर बदली, वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको अवस्था रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी, राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत हिमाली भूभागका थोरै स्थानहरूमा तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाइएको छ।

मौसमविद्ले चट्याङ, असिना र हावाहुरीका कारण जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  ९ : ५१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा