२०८३, ११ कार्तिक बुधबार

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने


धनगढी । कैलाली जिल्लामा श्रीमतीको हत्या गरेर श्रीमानले आफूमाथि नै गोली चलाएको घटना सार्वजनिक भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिना का अनुसार, जङ्गलमा बाख्रा चराउन गएका बेला उक्त घटना भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीलाई गोली हानी हत्या गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या गरेपछि उनले सोही बन्दुकबाट आफैँलाई पनि गोली हानेका थिए। गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ।

हाल उनी होसमा नआएकाले घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक महिलाको शव घटनास्थलमै राखिएको छ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ८ : ४७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा