काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत १९० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउस मर्मतमा संलग्न ४५ जना कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै, निर्माणाधीन त्रिशूली–३…