पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।
आइतबार बिहान करिब ८ बजे नदी बस्तीमा पसेपछि करिब ८० घरमध्ये २५ घर बगेका हुन्। बाँकी घरसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ। नदीको बहाव बढेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।








प्रतिक्रिया