२०८३, २३ आश्विन शनिबार

तराई–मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

तराई–मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड


जनकपुरधाम । तराई–मधेशका विभिन्न क्षेत्रमा आजदेखि पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएको छ। पितृपक्षको पहिलो दिन श्रद्धालुहरूले कुश संकलन गरी नजिकका तलाउ, पोखरी तथा जलाशयमा स्नान गरेर दिवंगत पितृहरूको स्मरण, तर्पण तथा शान्तिको कामना गरिरहेका छन्।

अन्य क्षेत्रमा भने पितृपक्ष भोलिदेखि सुरु हुने भए पनि तराई–मधेशमा पूर्णिमाकै दिनदेखि पितृलाई तर्पण दिने परम्परा रहँदै आएको छ। यसै अवसरमा जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको छ। विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले गंगासागरमा स्नान गरी विधिपूर्वक तर्पण गर्दै आफ्ना दिवंगत पितृप्रति श्रद्धा अर्पण गरेका छन्।

हिन्दू धार्मिक परम्पराअनुसार पितृपक्षमा दिवंगत आफन्तको सम्झनामा तर्पण, श्राद्ध तथा पिण्डदान गर्ने गरिन्छ। यस अवधिमा पितृको आत्माको शान्ति र मोक्षको कामना गर्दै विभिन्न धार्मिक स्थल तथा जलाशयमा पुगेर धार्मिक अनुष्ठान गर्ने चलन छ। गंगासागर जनकपुरधामको प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलमध्ये एक भएकाले पितृपक्षका बेला यहाँ ठूलो संख्यामा श्रद्धालु आउने गर्छन्। बिहानैदेखि पोखरी परिसरमा तर्पण गर्ने तथा धार्मिक विधि पूरा गर्नेहरूको चहलपहल बढेको छ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले श्रद्धालुको भीडलाई व्यवस्थित गर्न आवश्यक व्यवस्थापनमा ध्यान दिएका छन्।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ८ : ५६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि