२०८३, २८ आश्विन बिहीबार

तराई–मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड

तराई–मधेशमा आजदेखि पितृपक्ष सुरु, गंगासागरमा तर्पण गर्नेको भीड


जनकपुरधाम । तराई–मधेशका विभिन्न क्षेत्रमा आजदेखि पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएको छ। पितृपक्षको पहिलो दिन श्रद्धालुहरूले कुश संकलन गरी नजिकका तलाउ, पोखरी तथा जलाशयमा स्नान गरेर दिवंगत पितृहरूको स्मरण, तर्पण तथा शान्तिको कामना गरिरहेका छन्।

अन्य क्षेत्रमा भने पितृपक्ष भोलिदेखि सुरु हुने भए पनि तराई–मधेशमा पूर्णिमाकै दिनदेखि पितृलाई तर्पण दिने परम्परा रहँदै आएको छ। यसै अवसरमा जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको छ। विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले गंगासागरमा स्नान गरी विधिपूर्वक तर्पण गर्दै आफ्ना दिवंगत पितृप्रति श्रद्धा अर्पण गरेका छन्।

हिन्दू धार्मिक परम्पराअनुसार पितृपक्षमा दिवंगत आफन्तको सम्झनामा तर्पण, श्राद्ध तथा पिण्डदान गर्ने गरिन्छ। यस अवधिमा पितृको आत्माको शान्ति र मोक्षको कामना गर्दै विभिन्न धार्मिक स्थल तथा जलाशयमा पुगेर धार्मिक अनुष्ठान गर्ने चलन छ। गंगासागर जनकपुरधामको प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलमध्ये एक भएकाले पितृपक्षका बेला यहाँ ठूलो संख्यामा श्रद्धालु आउने गर्छन्। बिहानैदेखि पोखरी परिसरमा तर्पण गर्ने तथा धार्मिक विधि पूरा गर्नेहरूको चहलपहल बढेको छ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले श्रद्धालुको भीडलाई व्यवस्थित गर्न आवश्यक व्यवस्थापनमा ध्यान दिएका छन्।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ८ : ५६ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’