काठमाडौं, २३ भदौं : संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रो पटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको…