२०८३, २ भाद्र बुधबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापातीमा दुर्घटना, सात जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस सुनापातीमा दुर्घटना, सात जना घाइते


काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार दिउँसो आफैं अनियन्त्रित भई सुनापाती गाउँपालिका ३ कै भलायखर्क भन्ने स्थानमा पल्टिँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

‘बसमा २० यात्रु सवार थिए । त्यसमध्ये दुर्घटनाम सातजना घाइते भएका हुन्,’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होम पराजुलीले भने, ‘घाइते सबै खतरामुक्त छन् ।’ घाइतेलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए ।

अप्ठ्यारो बाटोमा अनियन्त्रित भएर बस सडकमै पल्टिएको हो । सडकबाट तल नखसेकाले ठूलो मानविय क्षति हुन नपाएको डीएसपी पराजुलीले बताए । दुर्घटनापछि बस चालक रामेछापकै चित्रबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडकको बीचमै बस पल्टिँदा दिउँसो केही घण्टा सुनापतिमा सडक अवरुद्ध भएको थियो ।

दुर्घटनामा सुनपाती २ का ५० वर्षीया मैच्याङ तामाङ, सुनापाती ४ का ६२ वर्षीय धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षीया शुक्रमाया विश्वकर्मा, सुनापाती २ का ६५ वर्षीया साइँली तामाङ, सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापा, सुनापटी–५ का चार वर्षीय बालक विश्वास बिसंखे घाइते भएका छन् । उनीहरु सबैको धुलिखेलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ८ : ४९ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक