२०८३, २ भाद्र बुधबार

विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने

विदेशबाट दुवै छोरा आइपुगेपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने


काठमाडौं । हृदयाघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि मात्रै अन्तिम संस्कार गरिने भएको छ । उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले जानकारी दिएका छन् । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ । नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  ८ : ३० बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक