२०८३, ८ आश्विन शुक्रबार

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौंमा सांस्कृतिक र धार्मिक उल्लास

काठमाडौं । वर्षा, सहकाल तथा समृद्धिका देवता इन्द्रको पूजा–आराधना गर्दै आज देशका विभिन्न स्थानमा इन्द्रजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा विशेषगरी काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित धुलिखेल, दोलखालगायत क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित मनाउने गरिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रलाई केन्द्र बनाएर मनाइने इन्द्रजात्राको विशेष आकर्षण इन्द्रध्वजासहितको लिंगो…