२०८३, २० आश्विन बुधबार

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन


ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३ जना तीर्थयात्रीले दर्शन गरेका छन् । तीर्थयात्रीले चढाएको नगद भेटीबाट १३ लाख ६७ हजार रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौमा संकलित भेटी चालु आर्थिक वर्षको साउनको तुलनामा उल्लेख्य बढी हो । साउनमा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा भने १० लाख ३९ हजार रुपैयाँ संकलन भएको समितिको तथ्याङ्क छ ।

पाथीभरा दर्शन गर्न आउने भक्तजनले नगदसँगै विभिन्न सामग्रीसमेत चढाउने गरेका छन् । शैक्षिक सामग्री, सुनचाँदी, माना–पाथी, त्रिशूल, घण्टी र सिक्कालगायतका सामग्री भक्तजनले चढाउने गरेका छन् । यस्ता सामग्री समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गरी सुरक्षित भण्डारण गर्ने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५२ हजार ७८ जना दर्शनार्थी पाथीभरा पुगेका थिए । सो अवधिमा चार करोड ८२ लाख तीन हजार ८५५ रुपैयाँ नगद भेटी संकलन भएको थियो ।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा पुग्न काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेपछि पाथीभराको मुख्य पूजाधाम पुगिन्छ ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  २ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको