२०८३, २३ आश्विन शनिबार

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन


ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३ जना तीर्थयात्रीले दर्शन गरेका छन् । तीर्थयात्रीले चढाएको नगद भेटीबाट १३ लाख ६७ हजार रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौमा संकलित भेटी चालु आर्थिक वर्षको साउनको तुलनामा उल्लेख्य बढी हो । साउनमा तीन लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा भने १० लाख ३९ हजार रुपैयाँ संकलन भएको समितिको तथ्याङ्क छ ।

पाथीभरा दर्शन गर्न आउने भक्तजनले नगदसँगै विभिन्न सामग्रीसमेत चढाउने गरेका छन् । शैक्षिक सामग्री, सुनचाँदी, माना–पाथी, त्रिशूल, घण्टी र सिक्कालगायतका सामग्री भक्तजनले चढाउने गरेका छन् । यस्ता सामग्री समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गरी सुरक्षित भण्डारण गर्ने गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५२ हजार ७८ जना दर्शनार्थी पाथीभरा पुगेका थिए । सो अवधिमा चार करोड ८२ लाख तीन हजार ८५५ रुपैयाँ नगद भेटी संकलन भएको थियो ।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा पुग्न काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेपछि पाथीभराको मुख्य पूजाधाम पुगिन्छ ।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  २ : २३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि