२०८२, २८ चैत्र आईतबार

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू चिन्तित नभएको बताएका छन्। शनिबार पाकिस्तानमा भएको अमेरिका-इरान वार्तापछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धको अवस्था अमेरिकाको पक्षमा रहेको दाबी गरे। उनले इरानविरुद्धको सम्भावित सैन्य अवस्थाबारे बोल्दै अमेरिका बलियो स्थितिमा रहेको उल्लेख गरे। “हामी जित्नेछौँ,” ट्रम्पको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।…