२०८३, २७ भाद्र आईतबार

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि


काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा मारिएको पुष्टि भएको छ। सोमबारको आक्रमणमा लारिजानीसँगै उनका छोरा र सहायक अलीरेजा बायात पनि मारिएका छन्।

लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए र देशको सुरक्षा तथा रणनीति निर्माणको जिम्मेवारी सम्हाल्दै आएका थिए। मंगलबार परिषद्ले विज्ञप्ति जारी गर्दै उनको मृत्यु पुष्टि गरेको छ। इजराइली रक्षामन्त्री इजराइल कात्ज ले पनि आक्रमणबाट लारिजानी मारिएको दाबी गरेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स अनुसार युद्ध सुरु भएयता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी पछि उच्च तहका व्यक्तिको हत्या भएको यो पहिलो घटना हो।

इरानले इजराइलसँग जारी द्वन्द्वमा प्रतिशोध स्वरूप तेल उत्पादन केन्द्र तथा छिमेकी खाडी मुलुकहरूमा आक्रमण तीव्र बनाएको छ। इजराइलको व्यापारिक केन्द्र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। युद्ध सुरु भएयता इजरायलमा मृतक संख्या १४ पुगेको छ।

तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल युद्ध क्रमशः क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ। इरानी अर्धसैनिक बल का प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले थप आक्रमण जारी रहने संकेत दिएका छन्। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेई ले युद्धविराम वा तनाव घटाउने प्रस्ताव अस्वीकार गरेका छन्। उनले इजराइल र अमेरिका पछि नहटेसम्म शान्ति सम्भव नहुने स्पष्ट पारेका छन्।

स्ट्रेट अफ हर्मुज लगभग बन्द भएको र विश्व तेल आपूर्तिमा असर परेको छ। विश्वभर आपूर्ति हुने तेलको २० प्रतिशतभन्दा बढी यही मार्गबाट जान्छ। युद्ध सुरु भएयता तेलको मूल्य करिब ४५ प्रतिशतले बढेको छ। युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लास ले जलडमरूमध्य खुला राख्न कूटनीतिक पहल आवश्यक रहेको र स्थिति बिग्रिए खाद्य, मल र ऊर्जामा विश्वव्यापी संकट आउन सक्ने चेतावनी दिएकी छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  १० : ०८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।