२०८३, ११ कार्तिक बुधबार

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह


काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको श्रम स्वीकृति नविकरण प्रक्रियामा अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मञ्चले भनेको छ कि मध्यपूर्व लगायत विश्वका विभिन्न देशमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको बीमा, सामाजिक सुरक्षा र अधिकार प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था सिर्जना भएको छ। मञ्चले नेपाल सरकारलाई तत्काल श्रम नविकरण प्रक्रिया रोक्न नहुने र आवश्यक समन्वय गर्दै यथाशीघ्र सञ्चालन सुनिश्चित गर्न आग्रह गरेको छ।

मञ्चले अझै जोड दिएको छ कि श्रमिकहरूको सुरक्षा, बीमा, सामाजिक सुरक्षा र अधिकारमा कुनै पनि प्रकारको बन्देज नलगाई सुरक्षित र व्यवस्थित काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व हो।

मञ्चले मध्यपूर्वको क्षेत्रीय तनावलाई ध्यानमा राख्दै श्रमिकहरूको अवस्था नजिकबाट अनुगमन गरिरहेको जानकारी समेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ९ : ३७ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका