२०८३, २७ भाद्र आईतबार

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह


काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको श्रम स्वीकृति नविकरण प्रक्रियामा अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मञ्चले भनेको छ कि मध्यपूर्व लगायत विश्वका विभिन्न देशमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको बीमा, सामाजिक सुरक्षा र अधिकार प्रत्यक्ष रूपमा प्रभावित हुने अवस्था सिर्जना भएको छ। मञ्चले नेपाल सरकारलाई तत्काल श्रम नविकरण प्रक्रिया रोक्न नहुने र आवश्यक समन्वय गर्दै यथाशीघ्र सञ्चालन सुनिश्चित गर्न आग्रह गरेको छ।

मञ्चले अझै जोड दिएको छ कि श्रमिकहरूको सुरक्षा, बीमा, सामाजिक सुरक्षा र अधिकारमा कुनै पनि प्रकारको बन्देज नलगाई सुरक्षित र व्यवस्थित काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व हो।

मञ्चले मध्यपूर्वको क्षेत्रीय तनावलाई ध्यानमा राख्दै श्रमिकहरूको अवस्था नजिकबाट अनुगमन गरिरहेको जानकारी समेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ९ : ३७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।