२०८३, २० आश्विन बुधबार

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?


काठमाडौं। अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता लारिजानीले “विश्वका मुसलमानहरू र इस्लामिक देशहरूको सरकार” लाई सम्बोधन गर्दै लेखेको पत्रमा केही अपवाद बाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग नगरेको बताएका छन्।

पत्रमा उनले प्रश्न गर्दै लेखेका छन्, “के तपाईंहरूलाई थाहा छ कि केही छिटपुट घटनाबाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेन?” उनले थप आरोप लगाउँदै भनेका छन् कि केही देशहरूले इरानले आफ्ना देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको भन्दै इरानलाई शत्रुको रूपमा चित्रित गरेका छन्।

लारिजानीले पत्रमा भनेका छन्, “के इरानले यो स्वीकार गर्नुपर्छ कि तपाईंका देशहरूमा रहेका अमेरिकी अड्डाबाट इरानमाथि आक्रमण होस्?” उनले इस्लामिक देशहरूलाई स्पष्ट सन्देश दिँदै लेखेका छन्, “इरान तपाईंहरूको सहयोगी हो र तपाईंमाथि प्रभुत्व जमाउने कुनै उद्देश्य छैन। तर अन्ततः तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?”

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ८ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि