२०८३, ११ कार्तिक बुधबार

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?


काठमाडौं। अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता लारिजानीले “विश्वका मुसलमानहरू र इस्लामिक देशहरूको सरकार” लाई सम्बोधन गर्दै लेखेको पत्रमा केही अपवाद बाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग नगरेको बताएका छन्।

पत्रमा उनले प्रश्न गर्दै लेखेका छन्, “के तपाईंहरूलाई थाहा छ कि केही छिटपुट घटनाबाहेक कुनै पनि इस्लामिक सरकारले इरानी जनतालाई सहयोग गरेन?” उनले थप आरोप लगाउँदै भनेका छन् कि केही देशहरूले इरानले आफ्ना देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको भन्दै इरानलाई शत्रुको रूपमा चित्रित गरेका छन्।

लारिजानीले पत्रमा भनेका छन्, “के इरानले यो स्वीकार गर्नुपर्छ कि तपाईंका देशहरूमा रहेका अमेरिकी अड्डाबाट इरानमाथि आक्रमण होस्?” उनले इस्लामिक देशहरूलाई स्पष्ट सन्देश दिँदै लेखेका छन्, “इरान तपाईंहरूको सहयोगी हो र तपाईंमाथि प्रभुत्व जमाउने कुनै उद्देश्य छैन। तर अन्ततः तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?”

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ८ : २९ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका