काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोन उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ । अधिवेशन उदघाटनपूर्व निकालिएको र्याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको…