२०८३, ९ भाद्र बुधबार

पूर्वएआइजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले पूर्वएआइजी देवेन्द्रराज सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ। सुवेदीले भदौ २३ गतेको आन्दोलनअघि प्रचण्डको घरबाट दुई ट्रकमा दुई करोड रुपैयाँ बाहिर लगिएको बताएका थिए। भिडियो क्लिपहरू सार्वजनिक भएपछि कानूनी कारबाहीका लागि उजुरी पेश गरिएको सचिवालयले जनाएको छ।