२०८३, २० आश्विन बुधबार

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै


काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै, आजै रामचन्द्र पौडेल समक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि आयोगले राष्ट्रपतिलाई समग्र निर्वाचन प्रतिवेदन बुझाउनेछ ।

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ १२५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ रास्वपाका ५७ सांसद निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १८ सिट जित्दै समानुपातिकबाट २० सांसद पाएको छ भने नेकपा एमाले ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकबाट १६ सांसद प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकबाट ९ सांसद पाएको छ । श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जित्दै समानुपातिकबाट ४ सांसद पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ प्रत्यक्ष सिटसँगै समानुपातिकतर्फ ४ सांसद प्राप्त गरेको छ ।

यससँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको छलफल र शक्ति समीकरण थप तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : ०७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि