२०८३, ११ कार्तिक बुधबार

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै


काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै, आजै रामचन्द्र पौडेल समक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेपछि आयोगले राष्ट्रपतिलाई समग्र निर्वाचन प्रतिवेदन बुझाउनेछ ।

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ १२५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ रास्वपाका ५७ सांसद निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १८ सिट जित्दै समानुपातिकबाट २० सांसद पाएको छ भने नेकपा एमाले ले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकबाट १६ सांसद प्राप्त गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकबाट ९ सांसद पाएको छ । श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जित्दै समानुपातिकबाट ४ सांसद पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ प्रत्यक्ष सिटसँगै समानुपातिकतर्फ ४ सांसद प्राप्त गरेको छ ।

यससँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको छलफल र शक्ति समीकरण थप तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२, ४ चैत्र बिहीबार  ९ : ०७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा