२०८२, १८ चैत्र बिहीबार

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जसपा नेपालले तराई-मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले विराटनगर, जनकपुर, सर्लाही, रौतहट र सप्तरीमा प्रदर्शन गर्दै अदालतको आदेश मधेश आन्दोलनमाथिको प्रहार भएको बताएको छ । विराटनगरमा आयोजित प्रदर्शनमा जसपाका अध्यक्ष राजकुमार यादवले आदेशको विरोध गर्दै मधेश आन्दोलनलाई…