२०८३, १३ कार्तिक शुक्रबार

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रेस स्वतन्त्रता संकटमा


नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि अधिवक्ताहरूको समूहले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरण साहको हस्ताक्षर भएको ज्ञापनपत्रमा घटना प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात भएको उल्लेख गरिएको छ।

महासंघका अनुसार, श्रीराम गुठीको स्वामित्वमा रहेको चार कठ्ठा जग्गा लिजमा लिएर भवन निर्माणको तयारी भइरहेकै बेला अधिवक्ताहरूको समूहले उक्त जग्गा कब्जा गर्न खोज्दा हुलदंगा मच्चाइएको थियो। त्यस क्रममा महासंघका अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका छन्। घाइतेमध्ये दिवाकर रायको अवस्था गम्भीर रहेको र महासचिव महतोको खुट्टा दुई स्थानमा भाँचिएको जनाइएको छ।

घटनापछि तत्काल उजुरी दिएकै भए पनि अहिलेसम्म कुनै दोषी पक्राउ नपरेको भन्दै महासंघले प्रहरीको भूमिका र अनुसन्धानको उदासीनतामा प्रश्न उठाएको छ। यसले कानुनी शासनको मर्यादामा गम्भीर चुनौती आएको महासंघको भनाइ छ।

महासंघले सरकारसँग प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न तथा घटनामा संलग्न सबैलाई निष्पक्ष छानबिनपछि कडा कारबाही गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १२ : ५० बजे

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित

अमेरिकी डलर १५२ रुपैयाँ १२ पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति